प्रदेश एकमा थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७७, बुधबार

तस्विरः फाइल

विराटनगर १४, असोज ।

कोरोना संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । बुधबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १–१ जनाको पुरुषको मृत्यु भएको कोभिड १९ उपचार केन्द्र विराटनगरका प्रमुख एवं बरिष्ठ फिजिसियन डा दीपक सिग्देलले जानकारी दिनुभयो ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुषको बुधबार बिहान ४ बजे मृत्यु भएको हो । यसैगरी सप्तरीको राजविराज–४ घर भएका ३९ वर्षीय पुरुषको बिहान करिब ३ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

हालसम्म प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा उपचाररत ६९ जना संक्रमितको मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा १९ महिला र ५० पुरुष छन् ।

  • १४ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech