कर्णालीमा थपिए १०, संक्रमितको संख्या २३ पुग्यो

    • स्वास्थ्य पेज

  • १३ जेष्ठ २०७७, मंगलवार

सु्र्खेत १३ जेष्ठ ।
कर्णाली प्रदेशमा मंगलवार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार पुष्टि भएका सबैजना सुर्खेतका हुन् । १८ जना, २ जना भेरी गंगाका र २ जना सिम्ता गाउँपालिकाका रहेका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. नारायण तिवारीले जानकारी दिनुभयो ।

उनीहरु ९ बर्षदेखि ४९ बर्ष उमेर समूहका छन् । त्यसमा ३२ बर्षकी एक महिला पनि संक्रमित रहेको डा.तिवारीले बताउनुभयो । बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको हो ।

अब कर्णालीमा कुल संक्रमित संख्या २३ जना भएको छ ।

  • १३ जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech