राष्ट्रिय भिटामिन ए कार्यक्रम मंसिर ११ र १२ गते हुने

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७७, बुधबार

काठमाडौं १४, असोज ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम आगामी मंसिर ११ र १२ गते सञ्चालन हुने भएको छ। यसअघि कार्तिक २ र ३ गते यो कार्यक्रम तय गरिएको थियो। परिवार कल्याण महाशाखाका निर्देशक डा भीनसिन तिंकरीले मंसिर ११ र १२ गते भिटामित ए रर जुकाको औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

नियमित कार्यक्रम अन्तर्गत हरेक वर्ष वैशाख र कार्तिकमा भिटामिन ए खुवाउने कार्यक्रम भएपनि कोरोना महामारीका कारण वैशाखमा हुन नसकेकोपछि एक महिना ढिला भएको थियो । महिनाको अन्तरमा खुवाउनुपर्ने भएकाले समय मिलाउन मंसिरमा समय तोकिएको उहाँको भनाइ छ ।

देशभरका ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम खुवाइने छ।

महाशाखाका अनुसार देशभरका २७ लाख बालबालिकालाई भिटामिन ए, ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ।

  • १४ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech