कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १३ आश्विन २०७७, मंगलवार

काठमाडौं १३, असोज ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन महिला र सात पुरुष छन्।

मोरङका ६८ वर्षीय पुरुष, सर्लाहीकी ७२ वर्षीया महिला, महोत्तरीका ५८ पुरुष, काठमाडौँकी ५७ वर्षीया महिला तथा ६० र ७० वर्षीय पुरुष, चितवनका ५५ वर्षीय पुरुष र बाँकेकी ७६ वर्षीया महिला तथा ५३ र ३९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

५३ र ३९ बर्षिय पुरुषको मंगलवार विहान मृत्यु भएको हो भने ७६ बर्षीया महिलाको सोमवार मृत्यु भएको हो । उनी जाजरकोटकी हुन् ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ।

  • १३ आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech