देशभर १५१३ जनालाई कोरोना संक्रमण, ७६२५८ पुगे संक्रमित

    • स्वास्थ्य पेज

  • १३ आश्विन २०७७, मंगलवार

काठमाडौं १३, असोज ।

पछिल्लो २४ घण्टामा देशभर १५१३ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ८९१ नमुना जाँचमध्ये १५१३ जनामा संक्रमण देखिएको हो।

योसँगै संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको छ। २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ।

देशभर २० हजार ३९६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

  • १३ आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech