भेरी अस्पतालको पछिल्लो रिपोर्टः दुई बालबालिकासहित २१ जना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १३ आश्विन २०७७, मंगलवार

नेपालगन्ज १३, असोज ।
भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरीएको पीसीआर परीक्षणमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१ सय ६७ वटा नमुना परीक्षण गरिएकोमा बाँकेका ११, बर्दियाका ९ जना र रोल्पाका एकजना गरी २१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

दुईजना बालबालिकामा पनि भाइरस संक्रमण देखिएको छ । नेपालगन्ज-१२ की ४ बर्षीया बालिका र नेपालगन्ज-२ का ५ बर्षीय बालकमा भाइरस संक्रमण देखिएको हो ।

  • १३ आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech