पाँच हजार संक्रमित थपिने अनुमानका साथ सरकारको तयारी

    • स्वास्थ्य पेज

  • १२ जेष्ठ २०७७, सोमबार

काठमाडौं १२ जेष्ठ ।
सरकारले नेपालमा ५ हजार बढी संक्रमित देखिने पूर्वानुमानका साथ तयारी गरेको दावी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया बिफ्रिङमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले पहिले १५ सय संक्रमित देखिने गरी तयारी गरिरहेको भएपनि पछिल्ला दिनमा संक्रमित संख्या ५ हजार बढी देखिने अनुमान गरिएको बताउनुभयो ।

उहाँले हालसम्म एकलाख भिटिएम प्राप्त गरेकामा विभिन्न जिल्ला प्रदेशमा ८८ हजार वितरण गरेको बताउनुभयो। विभागमा अब १२ हजार मौज्दात रहेको छ। उहाँले २ लाख पाँच हजार भिटिएम खरीदका लागि प्रक्रिया अघि बढाएको बताउनुभयो। चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा कबच पिपिई एक लाख ४६ हजार प्राप्त भएकोमा ५४ हजार पिपिई प्रदेश र जिल्लाहरुलाई वितरण गरेको डोटेलले जानकारी दिनुभयो ।

व्यवस्थापन महाशाखाले प्रदेश र जिल्लाका अस्पतालमा पुग्ने गरी मास्क १७ लाख, पिपिई सेट ५७ हजार, एन९५ ५२ हजार र स्यानीटाइटाजर १० हजार बोटल वितरण गरेको डोटेलको भनाइ छ।

  • १२ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech