कोरोनाबाट बाँकेमा थप दुईको मृत्यु, एकजना अस्पतालकै स्टाफ, अर्का शिक्षक

    • स्वास्थ्य पेज

  • १३ आश्विन २०७७, मंगलवार

नेपालगन्ज १३, असोज ।
बाँकेमा कोरोना भाइरस संक्रमणबाट मंगलवार थप दुईजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–७ का ३९ बर्षीय पुरुष र कोहलपुर नगरपालिका–१० का ५३ बर्षका पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी समेत रहेका ती ३९ बर्षीय पुरुषले स्वास्थ्यमा समस्या आएपछि भदौ ३० गते कोरोना परीक्षणका लागि स्वाव दिएका थिए । ३१ गते रिपोर्ट पोजेटिभ आएको थियो । लगत्तै उनलाई कोहलपुर मेडिकल कलेजको कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । उनलाई उच्च रक्तचापको समस्या थियो । उनको उपचारकै क्रममा विहान साढे तीन बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै स्वास्थ्यमा समस्या भएपछि असोज ४ गते अस्पताल भर्ना भएका कोहलपुरका ५३ बर्षीय पुरुषको ६ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । सुगरका विरामी समेत भएका उनको उपचारकै क्रममा विहान सवा ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी कोहलपुरका शिक्षक रहेको खुलेको छ । कोरोना संक्रमण भएपछि दुवैजनाको फोक्सोमा निमोनिया भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

 

  • १३ आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech