प्रदेश पाँचमा ‘एक्टिभ केस’ २२८२, आईसीयूमा ४४, भेन्टिरलेटरमा २

    • स्वास्थ्य पेज

  • १३ आश्विन २०७७, मंगलवार

नेपालगन्ज १३, असोज ।
प्रदेश पाँचमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ । प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलका अनुसार, प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्म १० हजार ४ सय २२ पुगेको हो । तीमध्ये २ हजार २ सय ८५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसमा पनि लक्षण चिन्ह देखिएका संक्रमितको संख्या २ सय ३२ रहेको सूचना अधिकारी डा पौडेलले बताउनुभयो । प्रदेशले सन्चालनमा ल्याएका चारवटा कोभिड विशेष अस्पताल र अन्य सातवटा नीजि अस्पतालले सन्चालन गरेका कोभिड अस्पतालमा अहिले १ सय ९७ जना उपचाररत् रहेका छन् । त्यसमा ४४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् । भेरी अस्पताल नेपालगन्जमा आइसीयूमा ३ जना, लुम्बिनी प्रादेशीक अस्पतालमा १६ जना आईसीयूमा र एकजनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

त्यस्तै भिम अस्पताल भैरहवामा ४ र दाङको बेलझुण्डी कोरोना अस्पतालमा १ जना आईसीयूमा उपचाररत् छन् । अन्य नीजि अस्पतालमा २० जना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत् रहेको सूचना अधिकारी डा पौडेलले जानकारी दिनुभयो ।

प्रदेश पाँचमा अहिलेसम्म ७ हजार ९ सय ७५ जना उपचारपछि निको भएर डिस्चार्ज भएको पनि डा पौडेलले बताउनुभयो । प्रदेशमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म ६८ जनाको मृत्यु भएको छ ।

  • १३ आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech