स्वास्थ्य क्षेत्रमा नेपाललाई बेलायतको साढे तीन अर्ब सहयोग

    • स्वास्थ्य पेज

  • १२ आश्विन २०७७, सोमबार

काठमाडौं १२, असोज ।
नेपालको स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि बेलायत सरकारले तीन अर्ब ५२ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। नेपाल सरकारले स्वास्थ्य क्षेत्र कार्यक्रमको तेस्रो फेजका लागि बेलायतले उपलब्ध गराउने उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बेलायतले उपलब्ध गराउने ३ अर्ब ५२ करोड आर्थिक र प्राबिधिक सहयोग स्वीकार गर्ने निर्णय भएको जानकारी दिनभयो ।

  • १२ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech