भेरी अस्पतालको पछिल्लो रिपोर्टः ३३ जनामा भाइरस पुष्टि

    • स्वास्थ्य पेज

  • १२ आश्विन २०७७, सोमबार

नेपालगन्ज १२, असोज ।
भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ३४ नमुना परीक्षण गर्दा बाँकेका १४, बर्दियाका १८ र पाल्पाका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको ल्यावमा हालसम्म ४० हजार ७ सय ३९ नमुना परीक्षण गरिएको छ । त्यसमा पोजेटिभ केस २ हजार ४ सय १६ फेला परेको अस्पतालका कोरोना फोकलपर्सन डा.संकेत रिसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, अव ल्यावमा ८२ वटा स्वावमात्र परीक्षणको प्रक्रियामा छन् । बाँकेका ७४ वटा स्वाव हो भने अरु बाहिरी जिल्लाको भएको अस्पतालले जनाएको छ ।

  • १२ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech