सेती अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • १२ आश्विन २०७७, सोमबार

धनगढी १२, असोज ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको सोमवार मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १ की ६३ बर्षीया संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि ती महिला सात गते अस्पताल भर्ना भएकी थिइन् । उनको कोरोना पुष्टि भने १० गते भएको यिो । उनको आईसियूमा राखेर उपचार भईरहेको थियो।

योसंगै धनगढीमा कोरोना संक्रमित मृतकको संख्या तीन पुगेको छ ।

  • १२ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech