संक्रमितको संख्या बढेसँगै बर्दियामा स्थानीय प्रशासनको कडाइ (विज्ञप्तीसहित)

    • स्वास्थ्य पेज

  • १२ आश्विन २०७७, सोमबार

बर्दिया १२, असोज
कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिन थालेपछि स्थानीय प्रशासनले बर्दियामा भोली मंगलवारदेखि यातायातमा जोर–बिजोर प्रर्णाली लागू गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार, अर्को आदेश नभएसम्म जोर–बिजोर प्रर्णाली लागु गर्ने निर्णय भएको हो । अत्यावश्यक काम बाहेक हिड्डुल नगर्न सबैमा अनुरोध समेत गरिएको उहाँको भनाइ छ । बर्दियामा सोमवार १९ संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ सय ६५ पुगेको छ ।

आजसम्म ४ सय ७८ जना डिस्चार्ज भएका छन् । बर्दियामा कोरोना भाइरसबाट ५ जनाको मृत्यु भइसकेको पनि प्रजिअ अधिकारीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

 

  • १२ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech