प्रा.डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै

    • स्वास्थ्य पेज

  • १२ आश्विन २०७७, सोमबार

काठमाडौं १२, असोज ।

स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै १५ दिन देखि सत्याग्रहमा रहेका प्रा.डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। कुनै पनि समयमा आईसियूमा भर्ना गर्नुपर्ने हुनसक्ने त्रिवि शिक्षण अस्पतालका आईसियू प्रमुख डा सुवासप्रसाद आचार्यले जानकारी दिनुभयो । ‘बेलाबेलामा मुटुको चालमा गडबडी भइरहेको छ,’ डा आचार्यले भन्नुभयो, ‘उहाँको स्वास्थ्य अवस्था हेर्दा आईसियुमा राखेर उपचार गर्नुपर्ने देखिसकेको छ।’
डा आचार्यकानुसार केसीले उपचार गर्न मानिरहनुभएको छैन् । शरीरमा पोटासियमको स्तरमा आएको कमीले गर्दा डा केसीका मांसपेशी बाउँडिने, गल्ने, कमजोर हुनेलगायतका समस्या देखिएको आचार्यले बताउनुभयो । जुम्लाबाट १९ औं सत्याग्रह थालेका डा.केसी पाँच दिनअघि त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको थियो ।

डा केसीको उपचारको लागि अस्पतालले डा आचार्यको नेतृत्वमा मेडिकल टिमको व्यवस्थापन गरेको छ। टीममा रत्नमणि गजुरेल, डा रविन नेपाली, डा सविन थपलिया, नर्सिङ तर्फबाट डा लक्ष्मी केसीले रहनुभएको छ ।

  • १२ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech