बाँकेमा पाँच बर्षिया बालिकसहित १६ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ११ आश्विन २०७७, आईतवार

नेपालगन्ज ११, असोज ।
बाँकेमा आइतवार ५ बर्षिया बालिकासहित १६ जनामा कोरोना भाइर संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा ८ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर प्रयोगशालामा ८ गरी १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यसमा पाँच महिला र ११ पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । नेपालगन्ज मेडिकल कलेजबाट लिइएको नमुनामा खजुरा गाउँपालिका ४ की ५ बर्षिया बालिकामा भाइरस संक्रमण देखिएको हो ।

आइतवार थप भएका संक्रमितसहित बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ । बाँकेमा आजसम्म १३ जनाले भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । आजसम्म संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ४ सय ३४ पुगेको छ ।

  • ११ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech