प्लाज्मा पाएका बाँकेका अर्का कोरोना संक्रमितको पनि मृत्यु

    • स्वास्थ्य पेज

  • ११ आश्विन २०७७, आईतवार

नेपालगन्ज ११, असोज ।
कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-९ का ४७ बर्षीय पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भाइरस संक्रमणबाट मृत्युवरण गरेका ती पुरुष नेपागन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका प्रशानिक फाँटका कर्मचारी रहेको खुलेको छ । स्वास्थ्यमा समस्या आएपछि उनको भदौ २९ गते नमुना संकलन गरिएको थियो । र, ३१ गते रिपोर्ट पोजेटिभ आएको थियो । त्यसैदिन उनलाई मेडिकल कलेज कोहलपुरको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएका उनलाई रेमडिसिभिर र प्लाज्मा समेत दिइएको थियो । तर त्यसले समेत स्वास्थ्य अवस्था सुधार नभएपछि उनको आइतवार विहान ५ बजे मृत्यु भएको कोहलपुर मेडिकल कलेजका उपनिर्देशक डा.दिनेश श्रेष्ठले जानकारी दिनुभयो । लामो समयसम्म मधुमेह रोगबाट पीडित उनको भाइरस संक्रमण भएपछि दुवै फोक्सोमा निमोनिया समेत भएको चिकित्सकहरुले बताएका छन् ।

योसँगै बाँकेका भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । भने रेमडिसिभिर र प्लाज्मा थेरापीबाट उपचार गर्दा पनि मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि भेरी अस्पतालमा उपचाररत् नेपालगन्जकै एकजना पुरुषलाई पनि रेमडिसिभिर र प्लाज्मा दिइएको थियो ।

  • ११ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech