जिल्ला अस्पताल मुगुमा विशेषज्ञ सेवा विस्तार

    • स्वास्थ्य पेज

  • १० आश्विन २०७७, शनिबार

नेपालगन्ज १०, असोज ।
जिल्ला अस्पताल मुगुमा शनिवारदेखि विशेषज्ञ सेवा विस्तार भएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले मुगु जिल्ला अस्पतालमा विशेषज्ञ सेवा बिस्तार गरेको हो । प्रतिष्ठानका विशेषज्ञ एमडिजिपी डा सिद्धार्थ धोजखातीलाई खटाएको प्रतिष्ठानका निर्देशक डा.मंगल रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, डा खातीले मुगु जिल्ला अस्पतालबाटै अव अत्यावश्यक शल्यक्रियालगायतका सेवाहरु दिनुहुने छ । ‘प्रदेशका सबै जिल्लाहरुमा बिशेषज्ञ सेवा पुर्याउने हाम्रो योजना छ निर्देशक डा रावलले स्वास्थ्य पेजलाई भन्नुभयो–‘त्यहीअनुसार मुगु अस्पतालमा विशेषज्ञ सेवा विस्तार भएको छ, अन्य अस्पतालहरुमा पनि यो प्रक्रिया अघि बढ्छ ।’

मुगु अस्तालमा विशेषज्ञ चिकित्सकको आवश्यकता पनि भएको र प्रदेश सरकारले पनि लामो समयदेखि विशेषज्ञ चिकित्सक पठाउन आग्रह गरिरहेकाले प्रतिष्ठानले चिकित्सकले पठाएको उहाँको भनाइ छ ।

उपकरण र अन्य भौतिक स्रोत व्यवस्थापन भने जिल्ला अस्पतालले नै गर्ने डा.रावलले बताउनुभयो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रतिष्ठानले चिकित्सकसहित ४२ स्वास्थ्यकर्मीलाई विभिन्न ठाउँमा परिचालन गरेको पनि जानकारी दिनुभयो ।

  • १० आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech