कोरोना संक्रमित कहाँ कति छन् आइसीयु र भेन्टिलेटरमा ?

    • स्वास्थ्य पेज

  • १० आश्विन २०७७, शनिबार

नेपालगन्ज १०, असोज ।

प्रदेश ५ मा कोरोना संक्रमित विरामीहरु मध्य ४४ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । प्रदेशका विभिन्न अस्पतालका आइसोलेसनमा उनीहरुको उपचार भैरहेको हो ।

देशभर शनिवारसम्म २ सय २४ जना कोरोना संक्रमित विरामीहरुको आइसियु र २७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशका १८ जना कोभिड संक्रमित विरामीहरु आइसियुमा छन् । बागमती प्रदेशमा सबैभन्दा धेरै १ सय २१ जनाले आइसियु र २३ जनाले भेन्टिलेटरमा उपचार गराईरहेका छन् । यस्तै देशभर १० हजार ५ सय ८ जना होम आइसोलेसनमा छन् ।

  • १० आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech