बालरोग बिशेषज्ञ डा प्रदीप पौडेलको अनुभव-‘भेन्टिलेटर अभावमा गम्भीर विरामी मध्येबाट एक जनालाई छानेर उपचार गरे’

    • स्वास्थ्य पेज

  • १० आश्विन २०७७, शनिबार

नेपालगन्ज १०, असोज ।
मैले आफ्नो विज्ञताको १५-२० प्रतिशत पनि प्रयोग गर्न सकेको छैन् डा प्रदीप पौडेलले यसो भनिरहँदा उहाँ आफै प्रति निराशा पोख्दै हुनुहुन्थ्यो । मैले मेरै विज्ञता सरहका चिकित्सकसम्म विरामी रेफर गर्नु पर्दा निकै नमज्जा लाग्छ प्रादेशीक अस्पताल सुर्खेतका बाल रोग बिशेषज्ञ डा.पौडेलले कर्णाली प्रदेशमा बालबालिकाको स्वास्थ्य अवस्थाबारे स्वास्थ्य पेजसँगको भलाकुसारीमा भन्दै हुनुहुन्थ्यो ‘स्तरीय र पर्याप्त उपकरण नहुँदा ज्यान जोगाउन सकिने बालबालिका पनि आँखै अगाडी मृत्युवरण गरिरहेका छन् ।’

एकपटक तीनजना गम्भीर अवस्थाका बालबालिका अस्पताल भर्ना भए । सबैलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । तर एउटामात्र भेन्टिलेटर थियो । तीनजना मध्ये को बाँच्ने जस्तो छ त्यसलाई छानेर राखियो । त्यो बच्चा बाँच्यो तर अरु दुईजनाले प्राण त्यागे । सायद भेन्टिलेटर भएको भए उनीहरुपनि बाँच्न सक्थे । कर्णाली प्रदेशमा बालमृत्यु दर उच्च छ । भौगोलिक विकटता, जनचेतना, स्वास्थ्य संस्थासम्मको सहज पहुँच नहुनुलगायतका कारणले बालमृत्यु दर उच्च ठानिएको छ ।

कर्णाली प्रदेश नेपालमै सबैभन्दा बढी बालमृत्यु दर उच्च भएको प्रदेश हो । सरकारी छात्राबृत्तिमा डाक्टर बन्नुभएका पौडेलको पहिलो कार्यक्षेत्र नै कर्णाली बन्यो । एउटा तन्नेरी र अब्बल डाक्टर । कर्णाली प्रदेशमा बसेर कसरी सेवा प्रवाह गरिरहेको होला ? के छन् समस्या ? कर्णालीमा बालबालिकाको स्वास्थ्य अवस्था कस्तो छ ? कसरी सुधार गर्न सकिएला ? यीनै बिषयमा केन्द्रीत रहेर स्वास्थ्य पेजका लागि प्रियास्मृति ढकालले कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेर प्रादेशीक अस्पताल सुर्खेतमा कार्यरत बालरोग बिशेषज्ञ डा प्रदीप पौडेलसँग कुराकानी गर्नुभएको छ ।

कर्णाली प्रदेशमा बालबालिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
स्वास्थ्य अवस्था कस्तो छ भनेर थाहा पाउनका लागि बालमृत्यु दरको अवस्था हेर्नु पर्छ । दक्षिण एसियामै नेपालमा बालमृत्यु दर उच्च देखिन्छ । नेपालमा बालमृत्यु दर ३९ प्रतिशत रहँदा कर्णालीमा ५६ प्रतिशत बालमृत्यु दर देखिन्छ । यो हिसावले हेर्ने हो भने कर्णाली प्रदेशमा बालबालिकाको स्वास्थ्य अवस्था सन्तोषजनक छैन् । यो मृत्यु दरले अर्को के संकेत गर्छ भने कर्णाली प्रदेशको समग्र स्वास्थ्य अवस्था नै सन्तोषजनक छैन । किनभने बालमृत्यु दर उच्च हुनु भनेको त्यहाँको स्वास्थ्य अवस्था ठिक छैन भन्ने नै हो ।

तपाईलाई युद्धमा लड्न जाँ भनेर पठाइसके पछि हतियार त दिनु पर्यो नि ? हतियार नदिएर युद्ध जित्न त सकिदैन् । सरकारले स्वास्थ्यकर्मी र डाक्टरहरुलाई पठाएरमात्र भएन त्यहाँ चाहीने भौतिक संरचना, उपकरण, औषधिको पर्याप्तता सबैतर्फ ध्यान दिनुपर्छ ।

कर्णाली प्रदेशको स्वास्थ्य अवस्था सन्तोषजनक नहुनुको कारण के हो ?
भौगोलिक विकटता, आर्थिक र जनचेतनाका कारण यहाँको स्वास्थ्य अवस्था सुधार नभएको देखिन्छ । अर्को भनेको स्वास्थ्यको असमान वितरण । हामी कहाँ स्थानीय तहमा स्वास्थ्य चौकी वा स्वास्थ्य केन्द्र छन् । जिल्ला तहमा जिल्ला अस्पताल वा स्वास्थ्य कार्यालय छ । प्रदेशमा प्रादेशीक अस्पताल छ । यी तीनै तहका संस्थामा आवश्यक जनशक्ती, स्रोतसाधन, उपकरणको अभाव छ । स्वास्थ्यकर्मीको चाहना जहिलेपनि विरामी निको होस्, उपचार अभावमा कुनै पनि विरामीले मृत्युवरण नगरोस् भन्ने नै हुन्छ ।

तपाईलाई युद्धमा लड्न जाँ भनेर पठाइसके पछि हतियार त दिनु पर्यो नि ? हतियार नदिएर युद्ध जित्न त सकिदैन् । सरकारले स्वास्थ्यकर्मी र डाक्टरहरुलाई पठाएरमात्र भएन त्यहाँ चाहीने भौतिक संरचना, उपकरण, औषधिको पर्याप्तता सबैतर्फ ध्यान दिनुपर्छ । म ग्रामीण क्षेत्रका केही स्वास्थ्य चौकीहरुमा पुगेको छु । त्यहाँको अवस्था हेर्दा विजोग छ । निःशूल्करुपमा वितरण गर्नुपर्ने औषधि पनि सरकारले समयमा पठाउन सकेको छैन् । जनशक्तिको अभाव उस्तै छ । ठूला मानिसहरुको समस्याले उनीहरुले बोलेर भन्छन र स्वास्थ्यकर्मीहरुले थाहा पाउने गर्छन् । तर बालबालिकाहरु त बोल्दैनन् । उनीहरुको रोगको पहिचान नै गर्न मुस्किल छ ।

रोगको पहिचान नहुँदा बालबालिकाले समयमा सही उपचार पाउन सक्दैनन् र मृत्युवरण गर्नुपर्ने अवस्था आउँछ । अहिले भएको त्यही हो । स्वास्थ्य संस्थामा स्थानीयको पहुँच समेत छैन् । भौगोलिक विकटताका कारण हेल्थपोष्ट पुग्न एकदिन लाग्ने ठाउँहरु छन् । विरामी सिकिस्त भइसकेपछि हेल्थपोष्ट पुग्ने गरेको पाइन्छ । यो पनि बालमृत्यु दर बढ्नुको कारण हो । अर्को कारण अभिभावकहरु नजिकै जिल्ला तथा प्रादेशीक अस्पताल भएपनि गाउँघरकैै क्लिनिकमा बालबालिकालाई उपचार गर्ने गरेका छन् । बिषयविज्ञहरुलाई नदेखाएर जो पायो त्यसलाई देखाउँदा पनि बालबालिकाहरुले समयमा सहि उपचार नपाएर मृत्युवरण गरेका छन् । उपचारका लागि सहज यातायात नपाउँदा पनि समस्या छ । विरामीलाई अस्पतालसम्म पुर्याउन एम्वुलेन्स सुविधा प्रभावकारी छैन् । यसैपनि एम्वुलेन्स अभाव छ । भएका एम्वुलेन्समा अक्सिजन छैन् ।

बालमृत्यु दरमा कसरी कमी ल्याउन सकिएला त ?
विश्व स्वास्थ्य संगठनको लक्ष्य २०–२१ प्रतिशतमा बालमृत्यु दर झार्ने भन्ने नै छ । ओभरल नेपालमा अहिले ३९ प्रतिशत बालमृत्यु दर छ । कर्णालीको ५६ प्रतिशत अहिले रहेको बालमृत्यु दरलाई ३९ प्रतिशतमा सहजै झार्न सकिन्छ । तर त्यसका लागि प्रारम्भिक चरणमै रोगको पहिचान गरेर उपचार गर्नु नै हो । समयमै उपचार पाउने हो भने ५० प्रतिशत मृत्यु दर कम गर्न सकिन्छ । स्वास्थ्य संस्थाहरुलाई बलियो बनाउनु पर्यो । उपकरणको व्यवस्था गरिनु पर्यो । जनशक्ति थप्नु पर्यो । एउटा व्यक्तिको जीवन बचाउनु भनेको चानचुने कुरा होइन् । ठूलो रिर्सोसको खाँचो पर्छ । भौतिक संरचना, जनशक्तिदेखि उपकरणसम्मको अभावलाई हटाउने हो भने बालमृत्यु दरलाई पनि कम गर्न सकिन्छ ।

स्वास्थ्य संस्था र जिल्ला अस्पतालमा त जनशक्तिदेखि उपकरणसम्मको अभाव होला प्रादेशीक अस्पतालमा पनि त्यही हालत हो र ?
स्वास्थ्य संस्था र जिल्ला अस्पताल भन्दा प्रादेशीक अस्पतालले दिने सेवा पक्कै स्तरीय त हुने नै भयो । तर गम्भीर विरामीका लागि दिनु पर्ने सेवा अझै पुग्दो छैन् । ठाउँकै अभाव छ । नयाँ भवन बनेको छ, त्यहाँबाट सेवा दिन अझै बर्ष दिन लाग्ने अवस्था छ । आवश्यक औषधिकै अभाव छ । काठमाडौंमा पाउँछ तर यहाँ पाउँदैन् ।

भदौ अन्तिम साता तिर तीन जना गम्भीर अवस्थाका बच्चा अस्पताल भर्ना भए । उनीहरु सबैलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । तर मैले तीनवटा बच्चा मध्ये एकजनालाई मात्र छानेर बचाउनु पर्ने अवस्था आयो । किनकी एउटामात्र भेन्टिलेटर थियो । ती तीन जनाबाट एउटा बच्चालाई भेन्टिलेटरमा राखे । उ बाँच्यो । अरु दुई पनि त्यस्तै खालका विरामी थिए । तर उनीहरुलाई भेन्टिलेटर नभएकाले त्यहाँबाट नेपालगन्ज लैजान भने । दुखको कुरा, उनीहरु दुवैजनाको चारपाँच घण्टापछि मृत्यु भयो । एउटा चिकित्सकलाई यो भन्दा पीडा र आत्मग्लानी अरु के हुन्छ ?

रोगको पहिचानका लागि गुणस्तरीय ल्याव जरुरी छ । तर स्तरीय ल्याव छैन् । हामीसँग भएको ल्याव प्रारम्भिक चरणको जस्तै छ । जो जिल्ला अस्पतालमा हुनु पर्ने हो । प्रादेशीक अस्पतालमा स्तरीय ल्याव हुनै पर्छ । प्रादेशीक अस्पताल निर्माणसँगै आवश्यक उपकरण समेत व्यवस्था गरिनु पथ्र्यो । उपचारका लागि आएका विरामीलाई यहाँ ल्याव छैन नेपालगन्ज जाउँ काठमाडौं जाउ भनेर पठाउनु विरामीमाथि अन्याय हो । यसैपनि अभिभावकहरुले बालबालिकाको स्वास्थ्य अवस्था गम्भीर भएपछि मात्र अस्पताल ल्याउने गरेका छन् । यहाँ उपचार हुन सक्दैन् अन्यत्र लैजानुहोस् भनेर पठाउँदा एकदम नमज्जा लाग्छ ।

खासगरी नवजात शिशुहरु अधिकांशको त बाटैमा मृत्यु हुने गरेको छ । नेपालगन्ज र काठमाडौंको स्वास्थ्य अवस्था किन राम्रो छ त ? त्यहाँपनि म जस्तै विशेषज्ञता हासिल गरेको बालरोग विशेषज्ञले नै उपचार गर्ने हो । मैले यहाँबाट रिफर गर्ने पनि उनीहरुलाई नै हो । मजस्तै विशेषज्ञता हासिल गरेका डाक्टरलाई रिफर गर्ने भए मेरो के काम ? भन्ने नि लाग्न सक्छ । तर त्यसको लागि स्तरीय उपकरण, ल्याव हुनु पर्यो । एमआरआइ, सिटिस्कयानलगायतको व्यवस्था हुुनु पर्यो । पर्याप्त औषधि हुनु पर्यो ।

उसो भए तपाईले हासिल गरेको बिषय विज्ञताको उपयोग नै गर्न पाउनु भएको छैन् ?
हो, मैले जुन विषयविज्ञता हासिल गरे त्यसको १५–२० प्रतिशत पनि उपयोग गर्न पाएको छैन् । कारण मैले अघि पनि भने उपकरणकै अभाव हो । प्रादेशीक अस्पतालमा अक्सिजन प्लान त छ तर कहिल्यै काम गरेको छैन् । कहिले वत्ति हुन्न् । नर्सहरु पर्याप्त छैनन् । जस्का कारण गम्भीर बालबालिकालाई केयर गर्न सकिएको छैन् ।

कम्तिमा पनि १० वटा एनआइसीयु वेड हुुनु पर्छ । चारवटा वेड भेन्टिलेटरसहित जस्तो सुकै सेवा दिन सक्ने खालको हुनु पर्छ । अहिले उमेर नपुगेर बच्चा जन्मने दर बढेको छ । त्यस्ता बच्चाको लागि छुटै तरिकाले केयर गर्नु पर्ने हुन्छ । उस्को तापक्रम सन्तुलन गराउने उपकरण र अक्सिजनको आवश्यकता हुन्छ ।

भदौ अन्तिम साता तिर तीन जना गम्भीर अवस्थाका बच्चा अस्पताल भर्ना भए । उनीहरु सबैलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । तर मैले तीनवटा बच्चा मध्ये एकजनालाई मात्र छानेर बचाउनु पर्ने अवस्था आयो । किनकी एउटामात्र भेन्टिलेटर थियो । ती तीन जनाबाट एउटा बच्चालाई भेन्टिलेटरमा राखे । उ बाँच्यो । अरु दुई पनि त्यस्तै खालका विरामी थिए । तर उनीहरुलाई भेन्टिलेटर नभएकाले त्यहाँबाट नेपालगन्ज लैजान भने । दुखको कुरा, उनीहरु दुवैजनाको चारपाँच घण्टापछि मृत्यु भयो । एउटा चिकित्सकलाई यो भन्दा पीडा र आत्मग्लानी अरु के हुन्छ ? कम्तिमा यस्ता गम्भीर विरामीलाई अस्पतालसम्म पुर्याउन अक्सिजनजडित एम्वुलेन्स निकै जरुरी छ । स्वास्थ्यकर्मी पनि राख्नु पर्यो । कर्णालीजस्तो भौगोलिक विकटता भएको ठाउँमा यो निकै आवश्यक छ ।

समस्या र चुनौतिकाबीच प्रादेशीक अस्पतालबाट यहाँले सेवा दिरहनुभएको छ, अव के आवश्यक छ ?
पहिलेको भन्दा धेरै सुधार भएको छ । तर पर्याप्त छैन् । कम्तिमा पनि १० वटा एनआइसीयु वेड हुुनु पर्छ । चारवटा वेड भेन्टिलेटरसहित जस्तो सुकै सेवा दिन सक्ने खालको हुनु पर्छ । अहिले उमेर नपुगेर बच्चा जन्मने दर बढेको छ । त्यस्ता बच्चाको लागि छुटै तरिकाले केयर गर्नु पर्ने हुन्छ । उस्को तापक्रम सन्तुलन गराउने उपकरण र अक्सिजनको आवश्यकता हुन्छ ।

सास फेर्न सहज गराउने क्याफिन औषधि नै यहाँ पाउँदैन् । नेपाल सरकारले त्यस्लाई अनुमित नै दिएको छैन् । कम्तिमा पनि यी समस्याको समाधान भयो भने कर्णाली प्रदेशमा जुन खालको बालमृत्यु दरको डर लाग्दो तथ्याङ्क छ त्यसलाई घटाउन सकिन्छ

भिडियो अन्तरवार्ता हेर्न तलको लिंक क्लिीक गर्नुहोस् ।

 


Nabintech