पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • १० आश्विन २०७७, शनिबार

तस्विरः फाइल

काठमाडौं १०, असोज ।
पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सप्तरीका ६३ वर्षीय पुरुष, काठमाडौंका २० र ७४ वर्षका दुई पुरुष, भक्तपुरका ८८ वर्षीय पुरुष, मकवानपुरका ७४ वर्षीय पुरुष, ललितुरका ७६ वर्षीय पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष र कैलालीका ३० वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बर्दियाका क्याम्पस प्रमुख मृत्युको विवरण भने आज मन्त्रालयले समेटेको छैन् । ५० बर्षीय क्याम्पस प्रमुखको पनि दिउँसो मृत्यु भएको हो । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६८ पुगेको छ ।

  • १० आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech