बाँके र बर्दियामा ४९ थपिए, बर्दियामा प्रहरी कर्मचारी धेरै

    • स्वास्थ्य पेज

  • १० आश्विन २०७७, शनिबार

नेपालगन्ज १०, असोज ।

बाँके र बर्दिया थप ४९ जना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ५१ नमुना परीक्षण गर्दा बाँकेका १३, बर्दियाका ३१ र अरु ५ जना बाहिरी जिल्लाका छन्।

बागेश्वरी प्रयोगशाला कोहलपुरमा गरीएको परीक्षणमा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीसबै बाँकेका हुन् । भेरी र बागेश्वरीको संख्या जोड्दा बाँकेमा आज १६ जना थपिएका छन् ।

बर्दियामा थपिएका अधिकांश जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी रहेको खुलेको छ ।

  • १० आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech