बर्दियाका क्याम्पस प्रमुखको कोरोनाबाट मृत्यु

    • स्वास्थ्य पेज

  • १० आश्विन २०७७, शनिबार

तस्विरः फाइल

बर्दिया १०, असोज ।
बर्दिया गुलरियास्थित बबई वहुमुखि क्याम्पसका प्रमुखको कोराना भाइरस संक्रमणबाट मृत्यु भएको छ । दुई बर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित गुलरिया नगरपालिक- ७ का ५० बर्षिय क्याम्पस प्रमुख भदौ ७ गते भाइरस संक्रमित हुनुभएको थियो ।

क्यान्सरको उपचार गरेर दिल्लीबाट फर्किएका उहाँ क्वारेन्टिनमा बस्नुभएको थियो । त्यसैबेला उहाँको भदौ ५ गते नमुना संकलन गरिएको थियो । ७ गते रिपोर्ट पोजेटिभ आएको थियो । उहाँ होमआइसोलेसनमा बस्नुभएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा लैजाने क्रममा उहाँको आज भेरी अस्पताल परिसरमा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोर्कण गिरीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

योसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

  • १० आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech