सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु

    • स्वास्थ्य पेज

  • १० आश्विन २०७७, शनिबार

काठमाडौं १०, असोज ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भेन्टिलेटरमा उपचाररत एक जना कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार सप्तरी राजविराज-३ का ६३ वर्षीय पुरुषको विहान १ः३० बजे मृत्यु भएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरस्थित विराट मेडिकल कलेजले उनलाई विपी प्रतिष्ठान धरानमा रिफर गरेको थियो । उनमा यसअघि अन्य रोग र दीर्घ रोग समेत नरहेको प्रवक्ता सापकोटाले बताउनुभयो ।

ती पुरुषमा ८ असोजमा धरानमा पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो ।

  • १० आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech