शुक्रबार राती सम्म बाँकेमा ४ सय १ जना कोरोना संक्रमित उपचारमा

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०७७, शुक्रबार

नेपालगन्ज ९, असोज ।

बाँकेमा शुक्रबार राती सम्म ४ सय १ जना कोरोना संक्रमित उपचारमा रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) बाँकेले जनाएको छ ।

आज जिल्लाका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २४ जना संक्रमित थपिएको र ५ जना संक्रमण जितेर डिस्चार्ज हुन लागेकाले अब जिल्लाका विभिन्न आइसोलेसनमा ४०१ जनाले स्वास्थ्य लाभ गरिरहनुभएको हो ।

प्रति सयमा ०.२९ प्रतिशत रोगको प्रकोप दर रहेको बाँकेमा , संक्रमण मुक्त भई निको हुने दर भने ७६.७२ प्रतिशत रहेको (DCCMC) बाँकेले जारी गरेको सूचनामा उल्लेख छ ।

जिल्लामा भेरी अस्पताल नेपालगन्जको प्रयोगशाला , नेपालगन्ज मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशाला र बागेश्वरी पीसीआर प्रयोगशालामा कोरोना भाइरसको पीसीआर परीक्षण भैरहेको छ ।

  • ९ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech