बाँकेमा चार संक्रमित थपिदा डुडुवामा पुग्यो कोरोना

    • स्वास्थ्य पेज

  • १२ जेष्ठ २०७७, सोमबार

नेपालगन्ज १२ जेष्ठ ।
पछिल्लो पटक चार संक्रमित थपिएसँगै बाँकेमा डुडुवा गाउँपालिकामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालगञ्जमा सुरुमा देखा परेको कोरोना भाइरसको संक्रमण नरैनापुर, खजुरा, राप्तीसोनारी हुँदै डुडुवामा पुगेको हो ।

अहिलेसम्म कोहलपुर, बैजनाथ र जानकी गरी तीन पालिकामा भने संक्रमण देखिएको छैन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङले सार्वजनिक गरेको बाँकेका थप चारजना संक्रमित मध्ये दुईजना राप्तीसोनारी र दुईजना डुडुवा पालिकाका हुन् । राप्तीसोनारी–७, सर्रीको नेपाल राष्ट्रिय माविमा रहेका १६ र २३ वर्षीय तथा डुडुवा गाउँपालिका–२ को अमृतपूर्वाका २३ र २४ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको सोमबार सच्याएर विज्ञप्ती निकालेको हो ।

यसअघि आइतबार निकालेको विज्ञप्तीमा राप्तीसोनारी वडा नम्बर ५ नारायणपुर भवनपुर माविका चारजना संक्रमित भएको जनाइएको थियो । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १ सय ४६ पुगेको छ । त्यसमध्येमा २१ जना सन्चो भएर घर फर्किएका छन् । एकजनाको भने मृत्यु भइसकेको छ ।

  • १२ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech