सुदूरमा थपिए ५८ संक्रमित, पुग्यो संख्या ७०८८ पुग्यो

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०७७, शुक्रबार

धनगढी ९, असोज ।

सुदूरपश्चिम प्रदेशका थप ५८ जनामा कोरोना भाइसरसंक्रमण पुष्टि भएको छ। प्रदेशका पाँच वटा प्रयोगशालामा ८ सय ७७ नमुना परीक्षण गर्दा ५८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको छ।

धनगढी उपमहानगरपालिकाका तीन जना, गोदावरी र टीकापुरका एकएक जना गरी थप ७ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो । सेतीमा पछिल्लो २४ घण्टामा तीन सय २७ नमुना परीक्षण भएको छ । यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ का एक जना र दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ का एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै बझाङमा गरिएको परीक्षणमा थप १९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका १९ जनामा संक्रमण पुष्टि भएको हो। केदास्यु गाउँपालिकाका ९ जना, थलारा गाउँपालिकाका ८ जना, जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६२ नमुना परीक्षण गरिएको छ ।

यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ४८ जनाको परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ। डोटीको आदर्श गाउँपालिकाका दुई जना, अछामको बान्नीगढीका २० र चौरपाटीका ४ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९१ जनाको कोरोना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ८८ पुगेको छ भने पाँच हजार ९ सय जनाले कोरोना जितेका छन्।

  • ९ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech