२४ घण्टामा १३१३ जना संक्रमित थपिए, १४५५ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०७७, शुक्रबार

काठमाडौं ९, असोज ।
पछिल्लो २४ घण्टामा देशभर १३१३ जना कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार २६२ नमुना जाँचमध्ये १ हजार ३१३ जनाम संक्रमण देखिएको हो। योसँगै संक्रमितको कूल संख्या ७० हजार ६१४ पुगेको छ।

२४ घण्टामा १ हजार ४५५ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ। देशभर १८ हजार २९९ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

  • ९ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech