वीरगञ्जमा मृत्यु भइसकेका व्यक्तिमा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १२ जेष्ठ २०७७, सोमबार

वीरगन्ज १२ जेष्ठ ।

बाराका एक व्यक्तिको मृत्यु भएको नौ दिनपछि कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। बाराको कलैया–७ का चौधरी थरका व्यक्ति सिकिस्त बिरामी परेपछि जेठ २ गते वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो।

भेन्टिलेटरमा राखिएका उनको जेठ ४ गते निधन भयो ।अस्पतालले कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा भर्ना भए लगत्तै स्वाब संकलन गरेर नारायण उपक्षेत्रीय अस्पतालको प्रयोगशाला पठाएको थियो। तर त्यसको रिपोर्ट १० दिनपछि सोमबार आएको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अनसारीले जानकारी दिनुभयो ।

अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन् ।यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। अव नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।

  • १२ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech