नेपालगन्जका कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्यु

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०७७, शुक्रबार

नेपालगन्ज ९, असोज ।
कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको ज्यान गएको छ । नेपालगन्ज उपमहानगरपालिका-३ एक्लैनीका ५२ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शुक्रबार विहान २ः २५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषलाई मंगलवार अस्पताल भर्ना गरिएको थियो । बुधवार उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई रेमडिसिभिर औषधि समेत दिइएको थियो । उनको दुवैतिरको फोक्सोमा निमोनिया भएको उपचारमा संलग्न चिकित्सकहरुले बताए ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

  • ९ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech