नेपालगन्ज ८, असोज ।
बाँकेमा विहीबार कोरोना भाइरसका थप ३२ जना संक्रमित फेला परेका छन् ।
तीनवटा प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ३२ जना नयाँ संक्रमित फेला परेका हुन् । भेरी अस्पताल प्रयोगशालमा १२, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १८ र बागेश्वरी प्रयोगशालामा दुईजनामा भाइरस संक्रमण देखिएको हो ।
योसँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७ सय ३४ पुगेको छ ।