कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ८ आश्विन २०७७, बिहीबार

काठमाडौं ८, असोज ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको छ।
५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा मात्र चार जना संक्रमितको मृत्यु भएको छ।

काठमाडौंमा ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मोरङमा ५५ वर्षीया महिला, झापामा ७८ वर्षीय पुरुष, सुनसरीमा ८१ वर्षीया महिला, धनुषामा ६८ र ७० वर्षीय पुरुष, रौतहटमा ६५ वर्षीय पुरुष, भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ।

यस्तै, धादिङमा ३२ वर्षीया महिला, तनहुँमा ३९, दाङमा ३९, कपिलवस्तुमा ५० र नवलपरासीमा ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

  • ८ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech