दोधरा चाँदनीमा ८ जनाको मृत्युः रोगको पहिचान हुन सकेन, विरामी बढेको बढेई

    • स्वास्थ्य पेज

  • ८ आश्विन २०७७, बिहीबार

कञ्चनपुर ८, असोज ।
कञ्चनपुरको महाकाली नगरपालिकाको दोधरा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिना अघि उपचारका लागि आएकामध्ये ८ जनाको उच्च ज्वरोका कारण मृत्यु भएको थियो । अहिलेपनि ज्वरोका विरामी थपिनेक्रम रोकिएको छैन् ।

दैनिक ५० देखि ६० जना सम्म ज्वरोका विरामी उपचारका लागि आउने गरेको स्वास्थ्य केन्द्रले जनाएको छ । प्रत्येक घरमा ज्वरोका विरामी देखिएका स्थानीय गणेश विष्टले बताउनुभयो । ‘दैनिकरुपमा विरामीको संख्या बढेको बढई छ उहाँले भन्नुभयो–‘राज्यले विज्ञ टोली पठाएर रोगको तत्काल पहिचान गरेर सम्वोधन गर्नुपर्छ ।’

विरामीको संख्या बढ्दै गएपछि स्वास्थ्य केन्द्रमा न औषधि प्रयाप्त छ न त जनशक्ती । ज्वरोकै कारण ८ जनाको मृत्यु भएपछि स्थानीय त्रसित छन् । रोगको पहिचान हुन नसक्दा उपचारमा खटिने स्थानीय स्वास्थ्यकर्मी पनि तनावमा छन् । केन्द्रका प्रमुख गगन चौधरीले इन्सेफ्लाइटिसको आशंका गरिएको भएपनि ल्याव अभावमा कारण परीक्षण गर्न नपाउँदा रोगको पहिचान हुन नसकेको बताउनुभयो ।

उच्च ज्वरो, काप्ने र वेहोस हुनेजस्ता लक्षण देखिएका कारण इन्सेफलाइटिसको आंशका चिकित्सकहरुले गरेका छन् । १० जनाको रगतको नमुना परीक्षणका लागि काठमाडौंमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको महिना दिन पुग्न लाग्दा समेत रिपोर्ट आएको छैन् ।

रोगको पहिचान नहुँदा निदानका अन्य उपाय खोज्न समेत अप्ठ्यारो परिरहेको स्थानीय स्वास्थ्यकर्मी तथा चिकित्सकहरु बताउँछन् ।

  • ८ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech