स्वास्थ्य शाखा प्रमुख चन्दसहित आज १९ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ८ आश्विन २०७७, बिहीबार

नेपालगन्ज ८, असोज ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दसहित विहीबार १९ जना कोरोना मुक्त भइ डिस्चार्ज हुनुभएको छ । विहीबार नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द, भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरी, जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत दुई प्रहरी जवानपनि रहनुभएको छ ।

४ महिला र १५ पुरुष गरी १९ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँहरु सबैलाई भदौ २५ गते कोरोना संक्रमण देखिएको थियो । बाँकेमा संक्रमणबाट निको हुनेको संख्या अव १ हजार ३ सय ५६ पुगेको छ ।

फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्न आइसोलेसनमा अन्य जिल्लाका ५ जनासहित बाँकेका ३ सय ४० जना संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ७ सय २ रहेको छ भने ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

  • ८ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech