दाङका संक्रमितले जिते कोरोना

    • स्वास्थ्य पेज

  • १२ जेष्ठ २०७७, सोमबार

दाङ १२ जेष्ठ ।
काठमाडौंमा रहेका तुलसीपुर दाङका एक संक्रमित कोरोना भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । जेठ २ गते काठमाडौंको टकु अस्पतालमा पिसिआर विधिवाट गरिएको परीक्षणमा तुलसीपुर उपमहानगरनगरपालिका ४ रक्षाचौर निवासी ४७ बर्षीय ती पुरुषमा कोरोना भाइरस देखिएको थियो ।

संक्रमितले ९ दिन पाटन अस्पतालको उपचार पछि जेठ ११ गते निको भएर डिस्चार्ज भएका छन् । दोस्रो र तेस्रो पटक गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपछि आइतवार बेलुका उनलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

शान्तिनगर गाउँपालिका निवासी बहिनी ज्वाँईको उपचारका लागि डेढ महिना अगाडि काठमाडौंमा गएका उनलाई शिक्षण अस्पतालमा विरामी कुरुवाको रुपमा बस्दा संक्रमण भएको शंका गरिएको थियो ।

  • १२ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech