डडेल्धुरा अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ८ आश्विन २०७७, बिहीबार

तस्विरः फाइल

धनगढी ८, असोज ।
डडेल्धुरामा कोरोना भाइरस संक्रमणबाट एकजनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए।

मृतकका आफन्तले दिएको जानकारी अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो । यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण देखिएको थियो । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १३ पुगेको छ ।

  • ८ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech