नेपालमा पहिलोपटक कोरोना संक्रमित मृतकको भोली पोस्टमार्टम हुने

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७७, बुधबार

काठमाडौं ७, असोज ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको पहिलो पटक पोस्टमार्टम हुने भएको छ । असोज ३ गते मृत्यु भएका रामलखन जैसवालको भोली बिहीबार पोस्टमार्टम हुने भएको हो ।

भद्रकालीस्थित बन्दीगृहमा रहेका उनी बिरामी भएपछि जेल प्रशासनले वीर अस्पताल लगेको थियो । उनको त्यही दिन राति १०ः५५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । परिवारका सदस्यले भने शव हेर्दा शंकास्पद देखिएको बताएका छन् ।

त्यसलाई लिएर अनेक प्रचार हुन थालेपछि कारागार र अस्पताल प्रशासन पोस्टमार्टम गर्ने निष्कर्षमा पुगेका हुन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४३६ जनाको मृत्यु भइसकेको छ । तर कसैको पनि पोस्टमार्टम गरिएको थिएन ।

  • ७ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech