स्वास्थ्यकर्मीद्धय राजन शाही र तेज ओलीलाई पनि कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७७, बुधबार

नेपालगन्ज ७, असोज ।
बाँकेका थप दुई स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्टद्धय राजन शाही र तेज ओली भाइरस संक्रमित हुनुभएको हो ।

क्वारेन्टाइन, आइसोलेसन ब्यवस्थापनलगायत भाइरस रोकथाम, नियन्त्रणमा शाही र ओली अग्रपंक्तिमा रहि अहोरात्र खटिदै आउनुभएको थियो । शाही र ओलीेसँगै बाँकेमा फ्रन्टलाइनमा काम गर्दै आएका ७० बढी स्वास्थ्यकर्मी भाइरस संक्रमणको चपेटामा पर्नुभएको छ ।

भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा कार्यरत स्वास्थ्यकर्मीहरु आफै भाइरस संक्रमित भएर पनि संक्रमित अन्यको उपचारमा खटिदै आउनुभएको छ ।

  • ७ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech