बाँकेमा आज २८ थपिए, संक्रमित संख्या १७ सय नाघ्यो

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७७, बुधबार

नेपालगन्ज ७, असोज ।
बाँकेमा बुधवार २८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालमा १६, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ९ र बागेश्वरी प्रयोगशालामा ३ गरी कोरोना भाइरस संक्रमणका २८ संक्रमित थपिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

थपिएका नयाँ संक्रमितमा १३ महिला र १५ पुरुष छन् । बुधवार थपिएका संक्रमितसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १ हजार ७ सय २ पुगेको छ । निको भएर घर जानेको संख्या १ हजार ३ सय ३७ पुगेको छ ।

अहिलेसम्म बाँकेमा भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

  • ७ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech