डा केसी अनशनस्थलमा पत्रकारलाई रोक

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७७, बुधबार

काठमाडौं ७, असोज ।

विगत १० दिनदेखि अनशनरत चिकित्सक गोविन्द केसीलाई राखिएको स्थलमा पत्रकारलाई जान निषेध गरिएको छ। मराजगंजस्थिति टिचिङ अस्पतालमा आईसीयूमै अनशनमा रहेका केसीबारे जानकारी लिन जाने पत्रकारलाई निषेध गरिएको छ।

बुधबार बिहानैदेखि रिपोर्टिङका लागि पत्रकारहरु त्यहाँ पुगे पनि अस्पताल प्रशासनले केसी अनशन बसेको ठाउँमा छिर्न दिएको छैन। यस विषयमा अस्पतालका डाइरेक्टर डा दिनेश काफ्लेले यसबारे आफूलाई जानकारी नभएको बताउनुभयो। कोरोनाका कारण प्रशासनले भीडभाड हुन नदिएको हुनसक्ने उहाँको भनाइ छ।

‘यस विषयमा मलाई थाहा छैन उहाँले भन्नुभयो ‘कोरोना जोखिमका कारण पनि सम्बिन्धित विभागले अस्पतालभित्र भीडभाड गर्न नदिएको हुनसक्छ ।’

डा केसीको अनशनकाका मुद्दामध्ये डाइरेक्टर काफ्लेको नियुक्ति पनि एक हो। योग्यता नपुगेको व्यक्तिलाई नियुक्ति दिइएको भन्दै नियुक्ति खारेज गर्न केसीले माग गर्दै आउनुभएको छ ।

  • ७ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech