ललितपुरमा दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७७, बुधबार

काठमाडौं ७, असोज।
ललितपुरमा थप दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गदै अल्का अस्पतालमा उपचाररत ७४ वर्षीय पुरुषको बुधवार बिहान मृत्यु भएको जनाएको छ । ती पुरुष गत भदौ १७ गते कलेजोको समस्या देखिएर अस्पतालमा उपचाररत रहेका थिए ।

यसैगरी ललितपुरस्थित मेघा अस्पतालमा उपचाररत ८० वर्षीय कोरोना संक्रमित वृद्धको मंगलबार साँझ ५ बजे मृत्यु भएको छ । उनी सोही दिन दिउँसो अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

  • ७ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech