थप १३ जनामा कोरोना, संक्रमितको संख्या १३४ पुग्यो

    • स्वास्थ्य पेज

  • २९ बैशाख २०७७, सोमबार

नेपालगन्ज, २९ बैशाख ।
बर्दियाका ११ बर्षिया बालिकासहित नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी १३ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरी १३ जना संक्रमित थपिएका हुन्। यो सहित नेपालमा संक्रमितको संख्या १३४ पुगेको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभुमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुष, रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी संस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुष र बर्दियाको राजापुर ५ का ११ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको हो । योसँगै बर्दियामा पनि कोरोना संक्रमण देखिएको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो। आज सोमबार नै बिहान १० र दिउसो १ जना संक्रमित थपिएका थिए। सोमबार एकैदिन २४ जना संक्रमित थपिएका हुन्।

  • २९ बैशाख २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech