सुदूरपश्चिममा झण्डै ७७ हजारको कोरोना परीक्षण

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७७, बुधबार

धनगढी ७, असोज ।

सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ७६ हजार ६ सय ८८ जनाको स्वाब परीक्षण गरिएको हो।

धनगढी प्रयोगशाला मार्फत ४१ हजार ८ सय १६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार तीन सय १८, डडेल्धुरा अस्पतालको प्रयोगशाला मार्फत १६ हजार ६ सय ९९, जिल्ला अस्पताल डोटीको प्रयोगशाला मार्फत तीन हजार चार सय ७८ र बैतडी जिल्ला अस्पतालको प्रयोगशाला मार्फत एक सय ९३ जनाको कोरोना परीक्षण भएको छ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिले सम्म परीक्षणका लागि ८० हजार ९७ जनाको स्वाब संकलन गरिएकोमा एक हजार चार सय नौँ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिले सम्म परीक्षण गरी झण्डै ९ प्रतिशत अर्थात ६ हजार नौँ सय बढिमा कोरोना पुष्टि भएको छ।

सबैभन्दा बढि कैलालीमा दुई हजार एक सय १०, डोटीका एक हजार ५०, अछामका नौँ सय ९४, कञ्चनपुरका सात सय ७५, बाजुरका ६ सय ३०, बझाङका पाँच सय १९, बैतडीका तीन सय ८९, डडेल्धुराका तीन सय ४८ र दार्चुलाका ८७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका ५ हजार सात सय बढिले कोरोना जितेका छन् भने १५ जनाको मृत्यु भएको छ।

  • ७ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech