बर्दियाका कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्यु

    • स्वास्थ्य पेज

  • ६ आश्विन २०७७, मंगलवार

नेपालगन्ज ६, असोज ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बर्दियाका कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–७ का ६४ बर्षका पुरुषको उपचारका क्रममा आज अपरान्ह चारबजे मृत्यु भएको अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि ती पुरुष आइतवार अस्पताल भर्ना भएका थिए । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको त्यही दिन अस्पतालमा स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

ती पुरुष देव्रे फोक्सोको निमोनियाबाट ग्रसित थिए ।योसँगै कोहलपुर मेडिकल कलेजका उपचारका क्रममा ९ जना संक्रमितको मृत्यु भएको छ । बर्दियामा भने भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ ।

मेडिकल कलेज कोहलपुरको कोभिड आइसोलेसन वार्डमा अहिले पनि ११ जना संक्रमित विरामीलाई अक्सिजन थेरापी नियमित दिइएको उपचारमा संलग्न डा. शिशिर रेग्मीले बताउनुभयो ।

  • ६ आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech