भेरी अस्पतालका मेसु डा प्रकाश थापालाई कोरोना पोजेटिभ 

    • स्वास्थ्य पेज

  • ६ आश्विन २०७७, मंगलवार

नेपालगन्ज ६, असोज । 
भेरी अस्पताल नेपालगन्जका मेसु डा प्रकाश थापालाई कोरोना भाइरस संक्रमण देखिएको छ।

दुई दिन देखि अस्वस्थ मेसु थापाले सोमबार कोरोना परिक्षणका लागि स्वाब दिनु भएको थियो । `ज्वरोसंगै शरीर असाध्यै दुखे पछि सोमबार हिजो नमुना दिएको थिए मेसु थापाले स्वास्थ्य पेजलाई भन्नुभयो- `आज रिपोर्ट पोजेटिभ आएको छ ।´तीन दिन अघि दिएको नमुनाको रिपोर्ट भने उहाँको नेगेटिभ आएको थियो ।

हिजो भन्दा आज अलि केही सहज फिल भैरहेको मेसु थापाले बताउनुभयो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र बिरामीकै उपचारमा पनि मेसु थापा आफै खटिदै आउनु भएको थियो ।

हाडजोर्नी विशेषज्ञ समेत रहनु भएका डा थापा संगै भेरीमा करिब एकदर्जन विशेष चिकित्सकलाई भाइरस संक्रमण भैसकेको छ ।

त्यस्तै भेरीमै कार्यरत दुई दर्जनबढी स्वास्थ्यकर्मीपनि संक्रमीत भएका छन । संक्रमीत अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मी निको भएर काममा फर्किसकेका छन ।

  • ६ आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech