नेपालगन्जबाट बुद्ध एअरको उडानमार्फत डा केसी ११ः२५ बजे काठमाडौं जाने

    • स्वास्थ्य पेज

  • ६ आश्विन २०७७, मंगलवार

नेपालगन्ज ६, भदौ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै ९ दिन देखि अनशनरत प्रा.डा गोविन्द केसीको स्वास्थ्यमा सुगरको मात्रा घटेको छ । अनशनको ८ दिन सोमवार भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वास्थ्य परीक्षणमा डा केसीको शरिरमा सुगरको मात्रा घटेको देखिएको छ ।

जुम्लामा अनशन बस्दा डा. केसीले स्वास्थ्य जाँच गराउन मान्नु भएको थिएन । ‘डा केसीको शरिरमा सुगरकोमात्रा घटेको छ केसीका सहयोगी डा प्रविन गिरीले स्वास्थ्य पेजलाई भन्नुभयो–‘किटोनको मात्रा पनि बढेको छ ।’

लामो समय भोकै बस्दा पिसावमा किटोन बढेको उपचारमा संलग्न भेरी अस्पताल नेपालगन्जका बरिष्ठ फिजिसियन डा.संकेत रिसालले बताउनुभयो । डा केसी भेरी अस्पतालको क्याविन नं.४ मा बस्नुभएको छ । उहाँ आज विहान ११ः२५ बजे बुद्ध एअरको उडानबाट काठमाडौं जाने तयारी छ ।

काठमाडौंमै अनशन बस्ने बताउनुभएका डा केसीले कहाँ बस्ने भन्नेबारे अहिलेसम्म जानकारी दिनुभएको छैन् । काठमाडौमा यसअघि उहाँ शिक्षण अस्पताल महाराजगंजमा अनशन बस्ने गर्नुभएको थियो ।

जुम्लामा अनशन बसेको आठौं दिन सोमबार केसीले अब काठमाडौं पुगेर नै सत्याग्रह जारी राख्ने बताउँदै जुम्ला छाड्नु भएको हो । दुई वर्षअघि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका बेला केसीलाई काठमाडौंतर्फ लैजान आएको सरकारी टोलीले अस्पतालमा तोडफोड गरेको थियो । केसीले यस वर्ष पनि त्यस्तै संकेत देखिएकाले आफूले काठमाडौं फर्किएर नै सत्याग्रह गर्न लागेको उहाँले बताउनुभएको छ ।

‘दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गर्योा, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन् । त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं’ उहाँले विज्ञप्तिमा भन्नुभएको छ ।

यसपटक डा केसीले पहिलेका सहमति कार्यान्वयन हुनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ तत्काल सुरु गर्नुपर्ने, पीसीआर परीक्षण बढाएर लकडाउन र निषेधाज्ञा खुला गर्नुपर्ने, वयलपाटा अस्पतालमा निशुल्क उपचार पाउने व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर अनशन बस्नुभएको हो ।

  • ६ आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech