डा केसीको अनशन आठौं दिनः स्वास्थ्यमा समस्या, परीक्षण गराउन इन्कार

    • स्वास्थ्य पेज

  • ५ आश्विन २०७७, सोमबार

जुम्ला ५, असोज ।
अनशनरत डा गोविन्द केसीको स्वास्थ्यमा जटिल समस्या आउन सक्ने चिकित्सकले चेतावनी दिएका छन् । डा केसी ८ दिनदेखि जुम्लामा अनशनरत हुनुहुन्छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचाररत डा केसीको रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। प्रतिष्ठानका निर्देशक डा.मंगल रावलले केसीले स्वास्थ्य परीक्षण गराउन इन्कार गरेको जानकारी दिनुभयो ।

‘स्वास्थ्य अवस्थाबारे डा केसीले हामीलाई मनिटर नै गर्न दिनुभएको छैन् डा रावलले स्वास्थ्य पेजलाई टेलिफोनमा भन्नुभयो–‘मनिटर नै गर्न नदिएपछि उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी दिन कठिन भएको छ ।’

डा केसीलाई असोज ३ गते बल प्रयोग गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उहाँ चन्दनाथ नगरपालिका ६ मा रहेको स्थानीय एक मन्दिरमा भदौ २९ गतेदेखि अनशन बस्नुभएको थियो । तर प्रहरीले डा केसीलाई त्यहाँबाट जबरजस्ती बल प्रयोग गरी प्रतिष्ठानमा लगेको थियो ।

जवरजस्त प्रतिष्ठान लगिएको भन्दै डा केसीले कुनै पनि स्वास्थ्य परीक्षण गराउन मान्नुभएको छैन् । चिकित्सकहरुले डा केसीको रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा रहेको बताएका छन्। उपचार गर्न नमानेका कारण डा केसीलाई जाँच तथा उपचारमा सहज हुने स्थानमा स्थानान्तरण गर्न चिकित्सकहरुको सुझाव छ।

  • ५ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech