१६२ को स्वाब संकलन

    • स्वास्थ्य पेज

  • २९ बैशाख २०७७, सोमबार

तस्विरःफाइल

नेपालगन्ज २९ बैशाख ।

नेपालगन्जमा जनप्रतिनिधिहरुको आज स्वाब संकलन गरिएको छ । कोरोना भाइरसको जोखिमका बीचमा निरन्तर फिल्डमा खटिएका जनप्रतिनिधिहरुको समेत कोरोना परीक्षण थालिएको हो । नेपालगञ्जमा पर्याप्त किट आएसँगै जोखिममा मानिएका जनप्रतिनिधिकोसमेत कोरोना परीक्षण थालिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पसर्न नरेश श्रेष्ठले बताउनुभयो । आज प्रदेश सांसद मोहम्मद याकुव अन्सारी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर, कोरोना संक्रमित ८ नम्बर वडाका अध्यक्ष सुरेन्द्र गुप्ता, ११ नम्बरका उज्वलसिंह राठौर, १२ का बुद्धिसागर सुवेदी र १३ नम्बरका वडाध्यक्ष वीरेन्द्रबहादुर शाहलगायतको स्वाव लिइएको उहाँले जानकारी दिनुभयो । चैत्र १० गते भारतबाट नेपाल आएका आठ सय बढीलाई जमुनाहा नाकामा पुगेर महेन्द्र बहुमुखी क्याम्पससम्म ल्याउनेदेखि चैत्र १९ गते नाकामा आइपुगेका एक सय ८१ जनालाई २३ दिनसम्म दशगजामा टेन्ट बनाएर राख्ने काममा नेपालगञ्जमा मेयर, उपमेयर खटिएका थिए । त्यही क्याम्पसबाट निस्केर हिडेका ६ सयमध्येका नेपालगञ्जका ६० वर्षीयमा कोरोना देखिएपछि वडा नं. ८ मा २३ जना थपिएका छन् । कोरोनाविरुद्धका अभियानका साथै टोलटोलमा राहत बाँड्दा जनप्रतिनिधिको उपस्थिति हुने गरेको थियो । नेपालगञ्जमा बिरामी नभईकन एक्कासी कोरोना देखिएकाले वडा, टोलका विभिन्न व्यक्तित्वहरुसँग सम्पर्कमा रहेका जनप्रतिनिधिहरु जोखिममा रहेको बताउने गरिएको थियो । आज एक सय ६२ जनाको स्वाव संकलन गरिएको छ ।

  • २९ बैशाख २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech