बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १६ सय नजिक

    • स्वास्थ्य पेज

  • ४ आश्विन २०७७, आईतवार

नेपालगन्ज ४, असोज ।
बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १६ सय नजिक पुगेको छ । आइतवार ९ जना थपिएसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ५ सय ९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भेरीमा गरिएको परीक्षणमा ८ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा १ जना गरी ९ जना भाइरस संक्रमित थपिएका हुन् ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या जिल्लामा १ हजार २ सय ४४ पुगेको छ । जिल्लामा संक्रिय संक्रमित ३ सय ४५ जना छन् ।

  • ४ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech