२४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु

    • स्वास्थ्य पेज

  • ४ आश्विन २०७७, आईतवार

काठमाडौं ४, असोज ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ महिला र चार पुरुष छन्। यीमध्ये काठमाडौँ उपत्यकाका मात्रै ६ जना छन्।

धनुषाका ७६ वर्षीय पुरुष, काठमाडौँका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षीय पुरुष, ललितपुरकी ७५ वर्षीया महिला, भक्तपुरकी ७२ वर्षीया महिला, चितवनका ८० वर्षीय पुरुष, रुपन्देहीका ६७ वर्षीय पुरुष र पाल्पाकी ४० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ।

योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ११ पुगेको छ।

  • ४ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech