१३२५ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६४ हजार १२२

    • स्वास्थ्य पेज

  • ४ आश्विन २०७७, आईतवार

काठमाडौं ४, असोज।

नेपालमा कोरोना भाइरसका थप एक हजार ३२५ संक्रमित फेला परेका छन् । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ३२५ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ९६६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४६ हजार २३३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ५८४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख १४ हजार २९० जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ७१ जना र होम आइसोलेसनमा ८ हजार ४०७ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ४५१ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

  • ४ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech